A Dead Person by Buddhisagar

Published in the curated dossier “World Literature in the Making” on Exchanges: Journal of Literary Translation blog

Co-translated from the Neplai with Dinesh Kafle and Buddhisagar

A Dead Person

A dead person,
does he ever look back
into the trembling tears
in his loved ones’ blurry eyes
that look like the dew on a fallen leaf?

A dead person,
how many miles does he walk?
And how many lives?

Read the full poem on Exchanges

मरेको मानिस

मरेको मानिसले
पछाडी फर्केर, पातको ओसझैँ आँसुले टिलपिल भएका
आफन्तका आँखाहरु
हेर्छ कि हेर्देन ?

मरेको मानिस
हिंड्छ कति कोस, कति जुनी ?
कुन नदीको किनारमा
नुहाउँछ चिसो पानीले
र, धुन्छ — गालाभरि बसेका
आँसुका धमिला धर्साहरु,
मरेको मानिस रुन्छ कि रुँदैन ?

के — के लैजान्छ
मरेको मानिसले झोलामा ?
जीवनकालभरि सबैबाट जोगाएका स्मृतिहरु ?
पहिलोपल्ट लेखेको प्रेमपत्र ?
पहिलोपल्ट हिँडेको पाइला ?
प्रिय किताबमा केही प्रिय अध्यायहरु ?
पहिलोपल्ट सन्तानले बोलेको आफ्नो नाम ?

कि जान्छ — सबै छाडेर
बिर्सिएर सबथोक,
आत्मबाट मेटाएर
जीवनले कोरेका चित्र र अक्षरहरु !

मरेको मानिसले
आकासगंगाको डिलमा उभिएर
मुटुबाट सम्बन्धका ध्वजाहरु
फुकाउँछ कि फुकाउँदै ?

अन्तिमपल्ट
धर्तितिर फर्किएर,
एकजुनी जीवनमा आँफूसित गाँसिएका
सबै—सबैलाई सम्झिएर
मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको
गोजीमा
फर्किएर आउँने ठेगाना हुन्छ कि हुँदैन ?